मतपेटिकामा भेटियो यस्तो पत्र,‘निर्वाचन जनताको कालो दिन’

मतपेटिकामा भेटियो यस्तो  पत्र,‘निर्वाचन जनताको कालो दिन’

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको एक मतपेटिकाभित्र  असन्तुष्टि पोखिएको पत्र भेटिएको छ । मतपेटिका खन्याउँदा भित्रबाट पत्र निस्किएको हो ।  असन्तुष्ट मतदाता भनेर लेखिएको एक पेज लामो पत्रमा निर्वाचनलाई जनताको कालो दिन भनिएको छ । 

उम्मेदवार चयनप्रति असन्तुष्टि जनाउँदै उनले भनेका छन्,‘पटकपटक परीक्षण भएका नेतालाई कति भोट हाल्नु । त्यसैले यो पटक कसैलाई भोट नदिने निर्णय गरेँ । कुनै उम्मेदवारमा पनि राजनीतिक संस्कार पाइएन ।’

साथै,स्थानीय,प्रदेश र प्रतिनिधि सभाको चुनावमा बारम्बार जितेका जनप्रतिनिधिहरुको अर्घाखाँचीको विकास योजनामा ध्यान नपुगेको पत्रमा उल्लेख छ । त्यस्तै, पाँच वर्षपछि हुने स्थानीय तहको निर्वाचनमा सन्धिखर्कको मेयर पदमा आफूले उम्मेदवारी दिने उनले बताएका छन् ।

विकास के हो ? कसरी गर्ने ? भन्ने उदाहरण बनेर देखाउने उल्लेख गर्दै उनले जनप्रतिनिधि तथा उम्मेदवारहरुलाई चुनौतीसमेत दिएका छन् ।  उनले थप लेखेका छन्,‘मत गन्दै गरेको तपाईँहरुलाई पनि लागेको होला, कस्तो व्यक्तिको मत गनेर विजयी घोषणा गर्नुपरेको छ ।’

उनले गोरुसिङ्गे सन्धिखर्कको बाटो, जिल्ला अस्पतालको हालत, एउटा राम्रो कलेज,बजारको जग्गा अतिक्रमण, गरिबी र बेरोजगारीका बारेमा सोच्न सम्पूर्ण मतदातालाई आग्रह गरेका छन् ।

टिप्पणीहरू