धादिङको प्रदेश सभा सदस्यमा गठबन्धनको अग्रता

धादिङको प्रदेश सभा सदस्यमा गठबन्धनको अग्रता

धादिङको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवारको अग्रता देखिएको छ । त्यहाँ एमाले उम्मेदवार पछाडि छन् । निर्वाचन क्षेत्र नम्बर १ (१) मा काँग्रेसका मधुकुमार श्रेष्ठले १६ हजार ३४५ मत ल्याएका छन् ।

उनलाई एमालेका रमेश आचार्यले १५ हजार २४५ मतका साथ पछ्याइरहेका छन् । सो क्षेत्रमा स्वतन्त्र उम्मेदवार नेत्र पौडेलको बिजुलीको चिम चिन्हमा ४ हजार ४१० मत झरेको छ । हालसम्म ४१ हजार १०३ मत गणना भएको जानकारी दिइएको छ ।

धादिङ २ को प्रदेश–१ मा काँग्रेसका गोविन्द लम्सालले १४ हजार ७५२ मत ल्याएका छन् । उनलाई पछ्याउँदै एमालेका डा. रामकुमार अधिकारीले १२ हजार ३०४ मत प्राप्त गरेका छन् । सोही क्षेत्रको प्रदेश–२ मा नेकपा माओवादी केन्द्रका जगत सिंखडाले १० हजार ३९४ मत ल्याएका छन् ।

उनलाई पछ्याउँदै राप्रपाका डम्बर तामाङले ९ हजार ९६९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

टिप्पणीहरू