कलमवाला प्रकाश ज्वाला १४ हजार मत अन्तरले बिजयी बन्नै लागे

कलमवाला प्रकाश ज्वाला १४ हजार मत अन्तरले बिजयी बन्नै लागे

सल्यानमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रकाश ज्वाला प्रमुख प्रतिस्पर्धीभन्दा झण्डै १४ हजार मतले अगाडि देखिएका छन् । ज्वालाका प्रमुख प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १६ हजार ९५० मत ल्याएका छन् ।

ज्वालाले ३० हजार ७५० मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ज्वाला र शाहबीच १३ हजार ८५० मतको अन्तर छ । अब गन्न बाँकी मत १३ हजार ८७५ रहेको छ ।

टिप्पणीहरू