उपमहासचिवले महासचिवलाई हराए

उपमहासचिवले महासचिवलाई हराए

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्  ।

उनले नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई तीन हजार एक सय ८८ मतान्तरले पराजित गरेका हुन् । विजयी गुरुङले ३४ हजार नौ सय ६९ मत प्राप्त गरेका छन् ।

देवप्रसादले ३१ हजार सात सय ८१ मत प्राप्त गरेका छन् । खसेको ८० हजार एक सय ९२ मतमध्ये प्रतिनिधिसभातर्फ २ हजार ३८४ मत बदर भएको जनाइएको छ ।

टिप्पणीहरू