गोरखाका सबै सीटमा गठबन्धन विजयी

गोरखाका सबै सीटमा गठबन्धन विजयी

गोरखाका दुई वटा प्रतिनिधि सभा सदस्य र चार वट प्रदेश सभा सदस्य सीट गठबन्धनका उम्मेदवारले जितेका छन् । प्रतिनिधि सभातर्फ गोरखा १ मा नेपाली काँग्रेसका राजेन्द्र बजगाईं विजयी भएका छन् । उनले एमालेका रामशरण बस्नेतलाई १६ हजार ६ सय ४३ मतान्तरले हराएका हुन् । बजगाईँले ३३ हजार ४ सय २८ मत पाउँदा बस्नेतले १६ हजार ७ सय ८५ मत पाएका छन् । 

गोरखा २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विजयी भएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीलाई १३ हजार ४ सय ६५ मत अन्तरले हराएका हुन् । प्रचण्डको २६ हजार १ सय १ मत आएको छ भने रास्वपाका बुर्लाकोटीले १२ हजार ६ सय ३६ मत पाएका छन् । एमालेका अब्दुस मियाँ ७ हजार ३ सय ९२ मतमा सीमित भएका हुन् । 

प्रदेश सभा तर्फ गोरखा १ (क) मा माओवादीका कृष्ण धिताल विजयी हुँदा एमालेका सुरेन्द्र थापा पराजित भए । प्रदेश सभा १ (ख) मा काँग्रेसका नन्द प्रसाद न्यौपानेले एमालेका मोहन भट्टराईलाई हराएका छन् । 

क्षेत्र नम्बर २ (क) मा नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटाले एमालेकै राजु रानालाई हराउँदा २ (ख) मा काँग्रेसका सुरेन्द्रराज पाण्डेले एमालेका बसन्त गुरुङलाई पराजित गरेका छन् ।

टिप्पणीहरू