धादिङ-२ को प्रदेश-२ मा गठबन्धनलाई झड्का, राप्रपाका डम्बर तामाङ विजयी

धादिङ-२ को प्रदेश-२ मा गठबन्धनलाई झड्का, राप्रपाका डम्बर तामाङ विजयी

धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा राप्रपाका डम्बर तामाङ विजयी भएका छन् । 

नेकपा एमालेसंग तालमेल गरेर चुनाव लडेका तामाङ् सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका जगत सिंखडालाई एक सय ३१ मतले पछि पार्दै विजयी भएका हुन् । 

प्रारम्भिक मत परिणामअनुसार राप्रपाका तामाङले १४ हजार चार सय ८१ मत पाएका छन् । उनका निकटम प्रतिद्वन्दी सिंखडाले १४ हजार तीन सय ५० मत ल्याए । 

राप्रपाले आफ्नो पकड क्षेत्र मान्दै आएको यो प्रदेशमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीको साथ लिएर चुनावी मैदानमा होमिएका माओवादी केन्द्रका सिंखडालाई गठबन्धनभित्रैका पार्टीका कार्यकर्ताले धोका दिएको समर्थकहरुले प्रतिक्रिया दिएका छन् । गठबन्धनप्रति असन्तुष्ट रहेका कांग्रेसका कार्यकर्ताहरुले पनि सामाजिक संजालमा आक्रोश पोखेका छन् ।

टिप्पणीहरू