चित्रबहादुर केसीले चुनाव जितेपछि अहिलेसम्मका कुरा चुहाए

चित्रबहादुर केसीले चुनाव जितेपछि अहिलेसम्मका कुरा चुहाए

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ता गठबन्धन सफल भएको प्रतिक्रिया दिएका छन् । हिजो बागलुङमा निकालिएको विजय जुलुसकै क्रममा उनले गठबन्धन चुनावपछि झन कसिलो हुने बताएका हुन् । 

केसी २०७४ को निर्वाचनमा पराजित भएका थिए । बागलुङको दुई वटा निर्वाचन क्षेत्रमध्ये एउटामा केसी र अर्कोमा माओवादी केन्द्रका देवेन्द्र पौडेल विजयी भएका छन् ।

जनमोर्चाका अर्का उम्मेदवार तथा यसअघिका सांसद दुर्गा पौडेल भने प्युठानबाट  पराजित भइन् । उनी एमालेका सूर्य थापासँग ५ हजार बढी मतले पछि परेकी हुन् ।

टिप्पणीहरू