माओवादी छाड्नेमध्ये टोपबहादुरबाहेक सबै पराजित

माओवादी छाड्नेमध्ये टोपबहादुरबाहेक सबै पराजित

कैलाली क्षेत्र नम्बर ४ बाट सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नेपाली काँग्रेसका वीरबहादुर बलायरले एमाले सचिव लेखराज भटट्लाई हराएका हुन् ।

बलायरले २६ हजार १७१ मत पाएका छन् । निकटतम प्रतिस्पर्धी तथा एमालेका सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले २२ हजार ५८७ मत ल्याएका छन् ।

बलायर यसअघि डोटीबाट चुनाव लडेका थिए । सँधै कैलालीबाट चुनाव जितेका भट्ट यस पटक पराजित भएका छन् । नेकपा बिभाजनमा माओवादी छाडेर एमालेसङ्ग रहेकामध्ये अर्घाखाँचीबाट टोपबहादुर रायमाझीबाहेक अरु सबै लाई पराजय हात लागेको छ ।

टिप्पणीहरू