नेपालको चुनाव देखेर माल्दिभ्स मख्ख

नेपालको चुनाव देखेर  माल्दिभ्स मख्ख

नेपालले पछिल्लो आमनिर्वाचनसम्म आइपुग्दा चुनावी व्यवस्थापनमा राम्रो सुधार गरेको माल्दिभ्सको मूल्याङ्कन छ । आइतवार सम्पन्न निर्वाचनको अवलोकन गर्न आएका त्यहाँका प्रमुख निर्वाचन आयुक्तले स्वदेश फर्कनुअघि काठमाडौंमा उक्त धारणा राखेका हुन् । 

हिजो माल्दिभ्सको राजधानी मालेतर्फ फर्कनुअघि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख आयुक्त फुवाद तौफिकले नेपालमा विगतको तुलनामा यसपटक धेरै सुधार आएको उल्लेख गरेका थिए ।

तर उनले चुनावको कुन विषयमा निर्वाचन आयोगले सुधार गरेको भन्नेबारे बिस्तृतमा खुलाएका छैनन् ।

टिप्पणीहरू