काँग्रेसबाट प्रधानमन्त्रीका दाबेदार अर्का उम्मेदवार विजयी

काँग्रेसबाट प्रधानमन्त्रीका दाबेदार अर्का उम्मेदवार विजयी

तनहुँको निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसका रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।

पौडेलले एमाले उम्मेदवार एकबहादुर रानालाई फराकिलो मतान्तरले पछाडि पारेका हुन् ।

पौडेलले २५ हजार ३१३ मत प्राप्त गरेका छन् । निकटतम प्रतिस्पर्धी रानालाई १९ हजार ९२५ मत प्राप्त भएको छ ।

सोही क्षेत्रबाट काँग्रेसका पूर्व नेता गोविन्दराज जोशीले ६ हजार ८७७ मत ल्याएका छन् ।

टिप्पणीहरू