महेश बस्नेतको आँगनमा दुर्लभ थापाको विजयोत्सव

महेश बस्नेतको आँगनमा दुर्लभ थापाको विजयोत्सव

भक्तपुर क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाली काँग्रेसका दुर्लभ थापाले विजय र्याली निकालेका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणामअनुसार थापा २४ हजार २३८ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका महेश बस्नेतले २३ हजार २७९ मत ल्याएका छन् । 

नेमकिपाकी अनुराधा थापामगर ६ हजार ९५४ मत ल्याएर तेस्रो बनिन् । 

बस्नेतलाई हराएका थापाले आफ्नो क्षेत्रमा विजयी र्याली निकालेका हुन् । उनलाई सत्तारुढ गठबन्धनको समर्थन थियो ।

टिप्पणीहरू