रवि लामिछानेको पार्टीले गर्यो पुनः मतगणनाको माग
रवि लामिछाने नेतृत्वको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ ले सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा पुनः मतगणनाको माग गरेको छ । पार्टीले पुनः मतगणना वा पुनः निर्वाचनको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएको बताइएको छ ।
विभिन्न राजनीतिक दलको विवादका कारण रोकिएको मतगणनाले आफ्नो पार्टीलाई असर पर्न गएको निवेदनमा उल्लेख छ । अन्यथा आफ्नो पार्टीमा परेको असरको जिम्मा लिन मुख्य निर्वाचन अधिकृतलाई आग्रह गरिएको छ ।
नेपाली काँग्रेसबाट सो क्षेत्रमा उम्मेदवार रहेका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि पुनः मतगणनाको माग गर्दै कार्यालयमा निवेदन दिएका छन् ।
टिप्पणीहरू