प्रचण्डले माग्लान् त माफी ?

प्रचण्डले माग्लान् त माफी  ?
सुन्नुहोस्

नेकपा (एमाले) ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । भारतीय अखबार "द हिन्दु"मा प्रकाशित अन्तर्वार्तामा दाहालले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबारे अनर्गल प्रचार गरेको एमालेको आरोप छ । 

प्रधानमन्त्रीको आगामी चीन भ्रमणलाई अध्यक्ष दाहालले  ‘ओलीको चाइना कार्ड’ भनेका छन् । एमाले सचिव तथा विदेश विभाग प्रमुख रघुवीर महासेठले प्रचण्डको उक्त अभिव्यक्तिाई गैरजिम्मेवारको संज्ञा दिँदै गैरजिम्मेवार र तथ्यहीन उक्त आरोपले सार्वभौम मुलुकको प्रतिष्ठा र विदेश नीतिमा आँच पुर्याएको एमालेको ठहर छ । 

महासेठले त्यस्ता भ्रामक र गैर जिम्मेवार भनाई फिर्ता लिँदै प्रचण्डले नेपाली जनतासँग माफी माग्नुपर्ने बताएका छन् ।

टिप्पणीहरू