गृहमन्त्रीका दाजुभाइमाथि अनेक आरोप

गृहमन्त्रीका दाजुभाइमाथि अनेक  आरोप

गृहमन्त्री बालकृष्ण खाँणका दाजुभाइमाथि रुपन्देहीका काँग्रेसीहरुले गम्भीर आरोप लगाएका छन् । हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा गृहमन्त्री खाँणको पराजय र समग्र गठबन्धनले कमजोर नतिजा ल्याउनुमा उहाँहरुको दोष रहेको उनीहरूको दाबी छ  ।

‘गृहमन्त्री र सबै काँग्रेस उम्मेदवारको पराजय रुपन्देही काँग्रेसभित्रैको अन्तर्घातको परिणाम हो,’ उनीहरुले भनेका छन् । संस्थापन इतरका ११ जना नेताले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त आरोप लगाएका हुन् । समग्र रुपन्देहीमा काँग्रेसको नतिजा निराशाजनक आउनुमा जिल्ला नेतृत्वले नैतिक जिम्मेवारी लिनुपर्ने उनीहरुले बताएका छन् ।

उनीहरुले हारको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने माग पनि अघि सारेका छन् । रुपन्देही काँग्रेस सभापति गृहमन्त्री खाँणका सहोदर भाइ रामृकष्ण खाँण हुन् । उनी तिलोत्तमा नगरपालिकाका मेयर पनि हुन् ।

टिप्पणीहरू