विवाह भोजमा आएका भारतीय सांसद डेढ घण्टा दूतावासमा,साँझ दिल्ली फिर्ता

विवाह भोजमा आएका भारतीय सांसद डेढ घण्टा दूतावासमा,साँझ दिल्ली फिर्ता

भारतीय जनता पार्टीका नेता तथा दुई जना लोकसभा सदस्यले काठमाडौंको छोटो भ्रमण गरेका छन् । उनीहरु हिजो बिहान यता आएर साँझ फर्केका हुन् ।

बिजेपी नेता तथा लोकसभा सदस्य जगदम्बिका पाल र मायावतीको बहुजन समाज पार्टीका रितेश पाण्डे हिजो बिहान ९ बजे एयर इण्डियाको उडानबाट काठमाण्डौं आएका थिए  । 

गोकर्ण रिसोर्टमा आयोजित एउटा विवाह समारोहमा सहभागी भएर उनीहरु साँझ सवा ५ बजे भिस्तारा एयरको उडानबाट नयाँ दिल्ली गएका थिए ।

त्यसअघि पाल र पाण्डे मध्यान्ह लैनचौरस्थित भारतीय दूतावास गई । राजदूत नवीन श्रीवास्तवसँग मध्यान्हको समय झण्डै डेढ घण्टा भेटवार्ता गरेको दूतावास स्रोतले बताएको छ ।

टिप्पणीहरू