एस्काभेटर बोकेको टेलर पल्टिंदा एक घाइते

एस्काभेटर बोकेको टेलर पल्टिंदा एक घाइते

रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं २ ठोसबाट एस्काभेटर बोकेर मन्थलीतर्फ आउँदै गरेको १० चक्के टेलर रस्नालुको भिमसेनस्थान मोडमा पल्टिएको छ ।  

हिजो दिउँसो प्रदेश नं१–०१०–१००१ क १०६१ नम्बरको १० चक्के टेलर लोबेट चुँडिएर सडकबाट पल्टिएको हो । दुर्घटनामा टेलरका चालक बर्दिया जिल्लाको बाँसगढी नगरपालिका-५ का २९ वर्षीय अरुण कुमार थारु सामान्य घाइते भएको प्रहरीले बताएको छ ।

 उनको दाहिने कुहिनामा सामान्य चोट लागेको छ । त्यस्तै, दुवै सवारीमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी दिलीप कुमार थापाले जानकारी दिए ।

टिप्पणीहरू