चोलेन्द्रको समर्थनमा अदालत पुगेकी तारा समातिइन्

चोलेन्द्रको समर्थनमा अदालत पुगेकी तारा समातिइन्

आफूलाई सामाजिक अभियन्ता बताउने तारा बराल सर्वोच्च अदालत परिसरबाट पक्राउ परेकी छन् । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको समर्थनमा सर्वोच्च पुगेकी उनलाई गेटबाटै प्रहरीले समातेको हो । 

नेपाल बार एशोसिएसनको गेटबाट सर्वोच्चको मुख्य गेटतर्फ जाने क्रममा प्रहरीले रोक्न खोजेपछि बरालले नाराबाजी गर्न लागेकी थिइन् । बराललाई प्रहरी वृत्त सिंहदरबार लगिएको छ । महाअभियोग लागेर निलम्बनमा परेका जबरालाई संसद् सचिवालयका महासचिव भरत गौतमले निष्क्रिय भएको पत्र थमाइदिएपछि उनी बुधबारदेखि अदालत आउन प्रयासरत छन् । 

उनी सम्भवत: आज आउने देखिएपछि बिहानदेखि सर्वोच्चको गेटमा कानुन व्यवसायीहरु धर्ना दिइरहेका छन् । कानुन व्यवसायीहरुबाट धर्ना दिने र प्रवेश गर्न खोजे अवरोध गर्ने तयारी भएसङ्गै सर्वोच्च परिसरमा आज पनि बाक्लो मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

टिप्पणीहरू