त्यही दिन मेक्सिको,क्यानाडा र चीनलाई अप्ठेरो पार्ने ठोकुवा
अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले पदभार ग्रहण गरेकै दिन मेक्सिको,क्यानाडा र चीनबाट आयात हुँदै आएका सामानको भन्सार दर बढाउने घोषणा गरेका छन् । उनले अवैधानिक आप्रवासन र लागुऔषध कारोबारलाई पनि ठप्प पार्ने चेतावनी दिइसकेका छन् ।
आगामी जनवरी २० तारिखका दिन पद तथा गोपनीयताको शपथ र पदभार ग्रहणपछि उनले मेक्सिको र क्यानाडाबाट अमेरिका भित्रिने सामानमा २५ प्रतिशत कर लगाउने बताइएको छ । त्यस्तै चिनियाँ सामानमा थप १० प्रतिशत कर लगाउने भनेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत् मेक्सिको र क्यानाडाबाट हुने गरेको लागुऔषध ओसारपसारलाई पनि ठेगान लगाउने बताएका छन् । यता वासिङ्गगटनस्थित अमेरिकी दूतावासका प्रवक्ताले चीन र अमेरिकाबीचको व्यापारिक सहयोग स्वाभाविक रुपमा पारस्परिक हितमा अगाडि बढेको जनाउँदै व्यापार तथा भन्सार करको युद्धबाट कसैको पनि जित नहुने बताएका छन् ।
मेक्सिको र क्यानाडाले पनि भावी राष्ट्रपतिले चाल्न सक्ने कदमप्रति सजगता अपनाइसकेको जनाएका छन् ।
टिप्पणीहरू