टेलिकम अगाडि धर्ना निरन्तर

टेलिकम अगाडि धर्ना निरन्तर

नेपाल टेलिकमका सरसफाई श्रमिकले आज पनि विरोध प्रदर्शन जारी राखेका छन् । आफूहरुलाई जबर्जस्ती कामबाट निकालिएको भन्दै कात्तिक १२ गतेदेखि आन्दोलित सफाई कर्मचारीहरुले आज बबरमहलस्थित टेलिकम कार्यालय अगाडि धर्ना दिएका हुन् ।

कार्यालयको मूलगेटमा कर्मचारी र मजदुरहरू अहिले शान्तिपूर्ण धर्नामा बसेका छन् । अखिल नेपाल सरसफाई मजदुर संघ, टेलिकम ईकाइ समितिकी अध्यक्ष लक्ष्मी सारु मगरको नेतृत्वमा विरोधमा उत्रिएका उनीहरुले ‘ठेकेदारी प्रथा (आउटसोर्स) खारेज गर’ लेखिएको ब्यानर प्रदर्शन गरेका छन् । 

२३ वर्षदेखि कार्यरत २९ जना सफाई मजदुरलाई टेलिकम शाखाले कामबाट हटाएको छ । त्यसविरुद्ध आन्दोलनमा उत्रिएका मजदुरहरुले बिनाशर्त पुनर्बहालीको माग गरेका छन् ।

टिप्पणीहरू