सर्वोच्चको बोर्डमा कालो छ्याप्ने बिनुलाई सिंहदरबार पुर्याइयो

सर्वोच्चको बोर्डमा कालो छ्याप्ने बिनुलाई सिंहदरबार पुर्याइयो

सर्वोच्च अदालतअगाडि प्रदर्शनमा उत्रिएकी एक महिला पक्राउ परेकी छिन् । अदालत परिसरमा राखिएको बोर्डमा कालो रङ्ग छ्यापेर विरोध जनाएकी घरेलु हिंसा पीडित भनिएकी बिनु यादव समातिएकी हुन् । 

उनलाई अहिले प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा राखिएको छ । विनुले ‘सर्वोच्च अदालत दलाल बस्ने ठाउँ होइन्’ भन्दै नाराबाजी गरेकी थिइन् ।

सिरहाको सिरहा नगरपालिका–२, स्थायी घर भएकी ३० वर्षीया विनु लामो समयदेखि आन्दोलनमा छिन् । रामेछापको गोठगाउँका प्रदीप कठायतसँग प्रेम विवाह गरेकी उनले आफूमाथि घरेलु हिंसा भएको आरोप लगाउँदै आएकी छिन् । 

उनले प्रदीपविरुद्ध रामेछाप जिल्ला अदालतमा जबरजस्ती करणी उद्योगको मुद्दा दायर गरेकी थिइन् । अदालतले प्रदीपलाई सफाइ दिनुसँगै सम्बन्धविच्छेद पनि गरिदिएको हो । दोषीलाई उन्मुक्ति दिने न्यायाधीशलाई कारबाही गर्नुपर्ने उनको माग छ। 

यसअघि सर्वोच्चको गेटमा रातो रङ्ग छ्यापेर विरोध जनाएकी उनी न्यायको माग गर्दै माइतीघर मण्डलामा आमरण अनशन पनि बसेकी थिइन् ।

तस्बिरहरुः

​​​​​​​

टिप्पणीहरू