आयोगमा भएको भ्रष्टाचार उजागर गरेकी हुँः सदस्य खतिवडा

आयोगमा भएको भ्रष्टाचार उजागर गरेकी हुँः सदस्य खतिवडा

राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले आफूविरुद्ध प्रकाशित समाचारको खण्डन गरेकी छिन् । हिजो जनआस्था डटकममा प्रकाशित ‘लैङ्गिक हिंसाविरुद्धको कार्यक्रममा महिला सदस्यद्वारा बबाल’ शीर्षकको समाचारमा उनले आपत्ति जनाएकी हुन् । 

आयोगले काठमाडौंको बानेश्वरस्थित अल्फा हाउस व्याङ्क्वेटमा हिजो लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको उद्घाटन कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीसहित थुप्रै उच्च पदस्थको उपस्थिति थियो । 

सदस्य खतिवडाले कार्य्रकममा स्वागत मन्तव्य दिएकी हुन् । उनले मन्तव्यको क्रममा प्रसङ्ग बाहिरको कुरा निकालेको समाचारमा उल्लेख छ । त्यस्तै, उनको मन्तव्यमा असन्तुष्टि बढी सुनिएको समाचारमा लेखिएकाे छ । उनले भने आफूले आयोगमा भएको भ्रष्टाचारको विषय उजागर मात्र गरेको बताइन् । 

‘आयोगमा अध्यक्षले जे भन्यो, त्यहीँ हुँदैन् । म गलत सहन सक्दिन् । मैले महिला आयोगमा भएको भ्रष्टाचारको विषयमा बोलेकी हुँ । अन्य त्यस्तो मैले केही भनेको छैन्’,खतिवडाले भनिन् ।
 

टिप्पणीहरू