केटाको धेरै फोन आयो भन्दै जब श्रीमतीको टाउको काटियो

केटाको धेरै फोन आयो भन्दै जब श्रीमतीको टाउको काटियो

आक्रोशमा श्रीमतीको घाँटी छिनाउने अम्मरले दुई अबोध बच्चाको भविष्य पनि बाल्यकालमै छिनाइदिए । केही दिनअगाडि सुर्खेतको पञ्चपुरी- ३ मा अम्मर आलेले श्रीमती मीना आलेको टाउको काटेर हत्या गरेका थिए।

अम्मर प्रहरी हिरासतमा छन् । मीनाले सँसार छोडिसकिन् । तर,दुई बच्चाहरु असी बर्ष पुगेकी हजुरआमासँग लुटुपुटु गर्दै गर्दाको दृष्य कारुणिक त छँदैछ । ती अबोध बालकहरुको बिचल्लीलाई हेरेर आँशु नबगाउने सायद कम्ति नै होलान् । बाध्यताले सानै उमेरमा टुहुरो हुन पुग्ने एघार बर्षीय दिनेश र आठ बर्षीया देवी हुन् । 

"कहिलेकाहीँ सानोतिनो झगडा हुन्थ्यो । बुहारी एक दुई पटक त माइत पनि गएर बसी,मैले बोलाएर झगडा गर्नु हुँदैन भनी सम्झाएँ,अरु त ठीकै थियो । घटना हुँदा म बाहिरतिर थिएँ । छोरा,बुहारी नै चोटामा थिए । एक छिनपछि छोरो निस्कियो र मलाई बोलाएर आमा,म त जेल गएँ है भन्यो । के भन्छ यसले, किन ? मैले भनेँ,उसले चार पाइला पर गएर झोलाबाट टाउको झिकी देखायो । म हेर्न नसकेर त्यहीँ ढलेँ ।" अम्मरकी आमाले भन्नुभयो ।

"शरिरभरी रगत थियो,दाइ कता हिंडेको तपाईं भनेर सोध्दा केही नबोली अलि पर पुगेर तल बङ्गुर काटेको रहेछ,चौकीमा मासु पुर्याउन हिंडेको भन्दै गयो"-स्थानीय कुशल आलेले बताए । पहिला दुवै पाँच बर्ष,तीन बर्ष मलेसिया र पाँच महिना इण्डिया बसेका रहेछन् ।

हत्या गर्नुको मुख्य कारण भनेको पैसा हिनामिना नै पाइयो,साथै श्रीमतीको मोबाइलमा बढी फोन आयो,मैले सिम फेर भन्दा नि मानिन,त्यही कारणले आक्रोशमा हत्या गरेको हुँ भन्छ,अनुसन्धान भइरहेको छ-डिएसपी सुरज अधिकारीले जनआस्थालाई बताउनुभयो।

टिप्पणीहरू