भोज खाएकाहरु भकाभक बिरामी

भोज खाएकाहरु भकाभक बिरामी

मकवानपुरको मनहरी गाउँपालिका २ सुनाचुरीबाट मंसीर २३ गते शुक्रबार भोज खाएर फर्केका मावली पक्षका मानिसहरु भकाभक बिरामी पर्न थालेपछि अस्पताल भर्ना गरिएको छ । मनहरी गाउँपालिका २ सुनाचुरीस्थित राजु राईकी छोरीहरुको गुन्युचोली कार्यक्रममा सहभागी भएर मनहरी ९ ज्यामिरे घर फर्केका मावली पक्षका निम्तालुहरु बिरामी परेका हुन् । उच्च ज्वरो आउने र निरन्तर बान्ता हुन थालेपछि १५ जनालाई चितवन भरतपुरस्थित नयाँ मेडिकल कलेज (चितवन मेडिकल कलेज) भर्ना गरिएको मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिनुभयो । भर्ना गरी उपचार थालिएकाहरुमा  प्रनिश थापामगर, दिपिका थापामगर, अनिष थापा मगर, रमा अधिकारी, रमिला थापा मगर, रविन थापामगर, प्रदिप थापा मगर, सुविधा प्रजा, सुजन प्रजा, अमिशा राई, अबिना थापामगर, रविना थापामगर, लिला थिङ, आषिका अधिकारी र अमृता राना छन् । तीमध्ये एकजनालाई आइसियुमै राखेर उपचार गरिएको गाउँपालिका अध्यक्ष कालाखेतीले बताउनुभयो । 

उनीहरुलाई फुड पोइजन भएको जानकारी डाक्टरहरुले गराएको र बिरामी परेकामध्ये केहीको उपचार गर्ने आर्थिक अबस्था नरहेकाले गाउँपालिकाले खर्च व्यहोर्नेगरी व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष कालाखेतीले बताउनुभयो ।

टिप्पणीहरू