हेलिकप्टर चढेर माइती जिल्ला जानुभएकी राष्ट्रपतिको भैरवनाथमा अवतरण

हेलिकप्टर चढेर माइती जिल्ला जानुभएकी राष्ट्रपतिको भैरवनाथमा अवतरण

राष्ट्रपति विद्यादेवी भण्डारी गृहजिल्ला भोजपुरको भ्रमण सकेर काठमाडौँ फर्किनुभएको छ । आज बिहान गृहजिल्ला पुग्नुभएकी उहाँ साँझ फिर्ता हुनुभएको हो । 

राष्ट्रपति भण्डारी भोजपुरको रामप्रसाद राई गाउँपालिकामा निर्मित विद्यालय भवन उद्घाटनका लागि बिहान ९ एन-आरएएम हेलिकप्टरमा त्यसतर्फ लाग्नुभएको थियो । सोही हेलिकप्टरमा उहाँ भर्खरै शीतल निवासअगाडि सेनाको भैरवनाथ गणमा ओर्लिनुभएको शीतल निवास स्रोतले जनाएको छ।

टिप्पणीहरू