राष्ट्र बैंकका डेपुटीहरु अर्थमन्त्रीको ढोकामा

राष्ट्र बैंकका डेपुटीहरु अर्थमन्त्रीको ढोकामा

एमाले उपाध्यक्ष विष्णु पौडेलले हिजो साँझदेखि अर्थ मन्त्रालयको कार्यभार सम्हाल्नुभएको छ । उपप्रधानसहित अर्थमन्त्री बन्नुभएका पौडेल पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा दोस्रो वरियतामा हुनुहुन्छ । 

साँझ शीतल निवासबाट सोझै सिंहदरबार पुगेर उहाँले कार्यभार सम्हाल्नुभएको हो । मन्त्रालयका कर्मचारी र सञ्चारकर्मीको बाक्लो उपस्थितिका कारण उहाँको कार्यकक्षमा भीड थियो । सचिव कृष्णहरि पुष्करले उहाँलाई एउटा टिप्पणीमा दस्तखत गराएर कार्यभार थालनी गराएका हुन् । सोही दृश्य हेर्न पुगेका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरु निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र मन्त्रीको कार्यकक्षको ढोकामा उभिएका थिए । 

कार्यभार सम्हाल्दै मन्त्रीले सञ्चारकर्मीहरुको जिज्ञाशाको जवाफ दिएको दृश्यलाई डेपुटीहरुले घाँटी तन्काएर हेरेका थिए । बैंकका गभर्नर महाप्रसाद अधिकारी भने पूर्वनिर्धारित कार्यक्रमअनुसार हिजो पोखरामा हुनुहुन्थ्यो । उहाँ नेपाल लिटरेचर फेस्टिभलमा अर्थतन्त्रका सूचक र संकट सत्रमा बोल्दै हुनुहुन्थ्यो ।

 

टिप्पणीहरू