कसरी शुरु भयो अंग्रेजी नयाँ वर्ष मनाउने चलन ?

कसरी शुरु भयो अंग्रेजी नयाँ वर्ष मनाउने चलन ?

पर्सि आइतबारदेखि अंग्रेजी नयाँ वर्ष २०२३ शुरु हुँदैछ । भोलि सन् २०२२ को अन्तिम दिन हो ।

जनवरी १ तारिखका दिन अंग्रेजी नयाँ वर्ष मनाउने प्रचलन इसापूर्व २ हजारमै मेसोपोटामियामा भएको अभिलेख पाइन्छ । यो परापूर्वकालमा रोमन सभ्यता र प्रचलन थियो । तत्कालीन रोमन देवता जानसको भोजबाट नयाँ वर्ष मनाउन थालिएको पश्चिमा मान्यता छ ।

जानसलाई ढोका,ट्रान्जिसन, समयलगायतका देवता मानिन्थ्यो । जनवरी महिनाको नामसँग सम्बन्धित जानसलाई दुई विपरीत अनुहार भएको देवताको रुपमा चित्रण गरिन्छ । एउटा अनुहार विगततर्फ फर्केर हेर्ने र अर्को भविष्यको लागि अगाडि बढ्ने अर्थ लगाइएको छ ।

त्यसैले जनवरी १ मा सबैले विगतको वर्षलाई फर्केर हेर्ने र नयाँ वर्षको निम्ति अगाडि बढ्ने आमप्रचलन अहिले पनि छ । नयाँ वर्ष मनाउन तत्कालीन रोमबासीहरूले पनि जानससँग वाचा गरेका थिए । 

जनवरी १ मा त्यतिबेलादेखि नै नयाँ वर्षको थालनी भएपछि,खुशी र शुभकामनाका शब्दहरू आदानप्रदान गर्न थालियो । त्यसलगत्तै,रोमन सिनेटसमक्ष सम्बन्धित पुजारीले जानसलाई भेंडाको बलिदानको प्रस्ताव राखेपछि हर्षोल्लास मनाउन थालिएको कथन छ ।
 

टिप्पणीहरू