अमेरिकामा आन्तरिक हवाई उडान ठप्प, उड्डयन प्रणालीमा समस्या

अमेरिकामा आन्तरिक हवाई उडान ठप्प, उड्डयन प्रणालीमा समस्या

उड्डयन प्रणालीमा आएको खराबीका कारण अमेरिकाका अधिकांश आन्तरिक उडान ठप्प भएका छन् । संघीय उड्डयन प्रशासनले ‘सिष्टम फेलियर’ पछि हटाइएको आदेश अहिले फिर्ता लिइएको छ । 

ह्वाइट हाउसले सिष्टममा कुनै ‘साइबर अट्याक’ नभएको जनाएको छ । स्थानीय समयअनुसार बुधबार बिहानदेखि देखिएको समस्याका कारण हजारौं उडान रोकिएका हुन् । कतिपय अन्तर्राष्ट्रिय उडानमा पनि सोही कारण ढिलाइ भएको जनाइएको छ । ‘फ्लाइट सिष्टम’ मा सुधार भएको जनाइए पनि उडान प्रभावितको क्रम जारी छ ।  

राष्ट्रपति जो बाइडेनले तत्काल यातायात मन्त्री र सरकारी पदाधिकारीहरुसँग हवाई उडान ठप्पबारे कुराकानी गरेका थिए । उनले हवाइ उडानको सिष्टम फेलिएरबारे अनुसन्धान र छानबिनपछि जानकारी गराउन निर्देशन दिएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

टिप्पणीहरू