ग्याँस सिलिण्डरबाट आगो फैलिँदा एक जनाको मृत्यु

ग्याँस सिलिण्डरबाट आगो फैलिँदा एक जनाको मृत्यु

धनुषामा आगलागीबाट एक जनाको ज्यान गएको छ । क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका ६८ वर्षीय सुरेश गुप्ताको आगलागीमा परी हिजो राति मृत्यु भएको हो । 

आफ्रनै घरमा खाना पकाउने ग्याँस लिक भई आगलागी हुँदा गुप्ताको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

टिप्पणीहरू