काभ्रेमा बसको ठक्करबाट बालिकाको ज्यान गयो, स्थानीयद्वारा आगजनी

काभ्रेमा बसको ठक्करबाट बालिकाको ज्यान गयो, स्थानीयद्वारा आगजनी

काभ्रेको भकुण्डेबेसीमा बसको ठक्करबाट बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीयले बस जलाइदिएका छन् । घटना लगत्तै सडकमा उत्रिएको आक्रोशित भीडले बा २ ख ७३४२ नम्बरको बसमा आगजनी गरेको हो । 

बनेपाबाट खार्पाचोकतर्फ जाँदै गरेको बसले नमोबुद-७ स्थित २० किलोमा ८ वर्षीय बालिका दिबिसा अधिकारीलाई ठक्कर दिँदा घटनास्थमानै मृत्य भएको प्रहरीले जनाएको छ । बालिकाको शव सडकमै राखेर स्थानीय आन्दोलनमा उत्रिएका छन् । 

अहिले स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू