घनश्याम भुसाल सवार गाडी दुर्घटना, घाइते नेता अस्पताल भर्ना

घनश्याम भुसाल सवार गाडी दुर्घटना, घाइते नेता अस्पताल भर्ना

नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा पूर्व कृषिमन्त्री घनश्याम भुसालको गाडी दुर्घटना भएको छ ।

नयाँ बानेश्वरमा उहाँ चढेको गाडी अनियन्त्रित भई सडकको बीचमा राखिएको डिभाइडरमा ठोक्किएको हो । भुसालको बा. १६ च १३८४ नम्बरको कार दुर्घटनामा परेको हो ।

गाडीमा नेता भुसाल र अर्का एक व्यक्ति सवार रहेको बताइएको छ । नेता भुसाललाई उपचारार्थ सिभिल अस्पताल लगिएको छ । गाडीमा क्षति पुगेको जनाउँदै घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू