सन्दीप लामिछानेको मुद्दामा कैफियत झिकाउन आदेश

सन्दीप लामिछानेको मुद्दामा कैफियत झिकाउन आदेश

क्रिकेटर सन्दीप लामिछानेलाई थुनामुक्त गर्ने उच्च अदालतको आदेशविरुद्ध परेको रिटमा सर्वाेच्च अदालतले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ । सर्वाेच्च अदालतका न्यायाधीश हरि फुयाँलको एकल इजलासले आज यस्तो आदेश गरेको हो । 

गत २८ पुसमा उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले दायर गरेको रिटमा आज सुनुवाइ गर्दै सर्वाेच्चले मुद्दा दर्तादेखि धरौटीमा रिहा गर्ने आदेशसम्मको सबै कागजात मागेको छ ।

उमेर नपुगेकी किशोरी बलात्कार अभियोगमा पुर्पक्षका लागि जेल जीवन बिताइरहेका लामिछाने उच्च अदालतको आदेशअनुसार २० लाख धरौटी बुझाएर गत २९ पुसमा रिहा भएका थिए । तर, उनलाई धरौटीमा रिहा गर्ने आदेश बदरको माग राखेर महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन दिएको हो । 

लामिछाने अहिले राष्ट्रिय क्रिकेट टिममा फर्किसकेका छन् ।

टिप्पणीहरू