भारतले रोयल कम्बोडियन आर्मीलाई तालिम दिने

भारतले रोयल कम्बोडियन आर्मीलाई तालिम दिने

भारतीय सेनाले कम्बोडियन सेनालाई तालिम दिने भएको छ । दुई मुलुकका सैन्य अधिकारीहरुले गरेको हालैको सोसम्बन्धी सम्झौता दुबै मुलुकको सार्वभौम रक्षाको निम्ति ‘टर्निङ प्वाइन्ट’ भएको भारतीय सुरक्षा विश्लेषकहरूको निश्कर्ष छ ।

सम्झौताबमोजिम भारतीय सेनाका प्रशिक्षण कमाण्डरहरूले कम्बोडियन सेनाका लागि विशेष पाठ्यक्रमसहितको तालिम सञ्चालन गर्नेछन् । त्यसका लागि भारतीय सेनाले कम्बोडियामा नै प्रशिक्षण टोली पठाउने छ । 

भारत भ्रमणमा आएका रोयल कम्बोडियन आर्मी कमाण्डर लेफ्टिनेन्ट जनरल हुन मानेत र भारतीय सेना प्रमुख जनरल मनोज पाण्डेबीच नयाँ दिल्लीमा भएको वार्तापछि रक्षा मन्त्रालयमा भएको सम्झौतामा सोसम्बन्धी विषय उल्लेख गरिएको हो ।

कम्बोडियाली सेनाका कमाण्डरले भारत भ्रमण गरेको यो पहिलो नै पहिलो हो । पहिलो भ्रमणमा भएको उक्त सम्झौतालाई दुबै मुलकुको रक्षामा नयाँ ‘टर्निङ प्वाइन्ट’ भएको रक्षा विश्लेषकहरूको विश्लेषणमा उल्लेख छ ।

दुई मुलुकबीचको व्यापार सम्बन्ध पछिल्लो एक दशकमा दोब्बरले नाघेको छ ।  कम्बोडियामा ठूलो संख्यामा भारतीयहरूको बसोबास छ ।

टिप्पणीहरू