विद्यार्थी संगठनले लगाएको ताल्चा प्रहरीले फुटायो

विद्यार्थी संगठनले लगाएको ताल्चा प्रहरीले फुटायो

भक्तपुरस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटी)मा लगाइएको ताल्चा प्रहरीले फुटाएको छ । मध्यपुर थिमी नगरपालिका वडा नम्बर २ सानोठिमीस्थित सिटिईभिटीमा वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, नेपालले लगाएको ताला आज दिउँसो फुटाइएको छ । 

सिटिईभिटीका सचिव जीवनारायण काफ्लेको कार्यकक्षमा लगाइएको ताला प्रहरीले फुटाएको बताइएको छ । 

संगठनका संयोजक करण बुढाक्षेत्रीको नेतृत्वमा झण्डै एक दर्जनले आज दिँउसो साढे २ बजे ताल्चा लगाएका हुन् । तर त्यसको आधा घण्टापछि प्रहरीले ताल्चा फुटाएको हो ।

टिप्पणीहरू