जनयुध्दको बिदाबिरुध्द कनकमणिहरु धर्नामा
वरिष्ठ पत्रकार कनकमणि दिक्षितहरु आज सिंहदरबारको दक्षिण गेट नजिकै धर्ना बस्ने भएका छन् । सरकारले आज दिएको जनयुध्द दिवस बिदाको बिरोधमा उनीहरुले बिहान ११ बजे धर्ना कार्यक्रम राखेका छन् ।
फागुन १ गतेलाई दिक्षितहरुले रगतको होली खेलिएको दिनको रुपमा ब्याख्या गर्दै आएका छन् । निर्दोष नेपालीहरुको हत्या गरेर जनयुध्दको नाममा नेपाल र नेपालीमाथि माओवादीले पीडा थोपरेको उनीहरुको पहिलेदेखिको आरोप छ ।
आज सरकारले राष्ट्रव्यापी सार्वजनिक बिदाको घोषणा गरेपछि दिक्षितले द्वन्द्वपीडित समुदाय तथा नागरिक समाजको तर्फबाट जिल्ला प्रशासन कार्यालय,काठमाडौंको मोड र सिंहदरबार दक्षिणतर्फको गेटमा बिरोधस्वरुप धर्ना राखिएको जानकारी दिएका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्,‘फागुन १ रगतको होली खेल्ने नेपाल र नेपालीको पिडा, शोक र अन्यायको कालो दिनलाई उल्टो कथित उत्सवका नाममा बिदा दिने निर्णयको बिरोधमा आयोजित धर्ना ।’
टिप्पणीहरू