उता पनि दिपक भट्टको पावर
बिदेशी लगानीको निम्ति अनुमति दिने निकाय लगानी बोर्डको आगामी चार बर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गर्न शुक्रबार अन्तर्वार्ता हुँदैछ ।
गएको ५ गते सरकारले माग गरेको आवेदनअनुसार पुनर्निर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवाली,माननीयको दर्जासहित योजना आयोगको सदस्यसमेत रहेका सुशील भट्ट,पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी दीपकराज जोशी, रामचन्द्र खतिवडा,सरोज कोइराला लगायतको दौडधुप छ । शुक्रबार हुने प्रेजेन्टेसनका लागि केहीलाई खबर पुगिसकेको छ । सूचिको पहिलो नम्बरमा सुशील ज्ञवाली छन् ।
यसवीच उपल्लो तहको राम्रै संरक्षण पाएका सुशीललाई सिइओ बनाउन दीपकराज जोशीको नाम काटिएको चर्चा छ । अन्तर्वार्ताका लागि ज्ञवाली,खतिवडा,कोइरालालगायतलाई खबर पुगेपनि जोशी बेखबर छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले जोशीलाई सिइओका लागि भट्टको दवाब नपरे हुनसक्ने भन्दै आशा देखाएको बताइन्छ ।
अघिल्लो हप्ता नेकपाको विवादमा मज्जैले मुछिएका व्यापारी दीपक भट्टका दाइ सुशीललाई नेकपाका अर्का अध्यक्ष प्रचण्ड र नेता बामदेव गौतमको समेत साथ रहेको चर्चा छ । त्यसैकारण सर्टलिस्टिङ्गमै नपरेका उनको निम्ति यसवीच चलखेल चल्दा अन्तर्वार्तामा ढिलाइ र परेका नामहरुमा काटकुट चलेको हो !
टिप्पणीहरू