युद्ध युक्रेनमा, प्रदर्शन भरतपुरमा

युद्ध युक्रेनमा, प्रदर्शन भरतपुरमा

युक्रेन युद्ध रोक्न माग गर्दै चितवनमा प्रदर्शन गरिएको  छ । उनीहरुले युक्रेन युद्ध तत्काल रोक्न रुससँग माग गरेका हुन् ।  मानव अधिकार तथा शान्ति समाज चितवनले भरतपुरमा प्रदर्शन गर्दै रुस–युक्रेन युद्धको एक वर्ष पुगेको दिनमा रुसलाई तत्काल आन्दोलन रोक्न माग गरेको हो । 

‘मानवता पराजित, इतिहास लज्जितः विध्वंसकारी यो युद्ध तत्काल अन्त्य हुनुपर्छ’ लेखिएको ब्यानरसहित आज प्रदर्शन भएको हो । समाजका सभापति शम्भु राउतको सभापतित्वमा भएको प्रदर्शनमा पूर्णचन्द्र चापागाईं, तारा पौडेल, किरण राउत, सुप्रिया सापकोटा, सुशील राना, ज्ञानेन्द्र पोखरेललगायतको उपस्थिति थियो ।

टिप्पणीहरू