त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काल्पनिक विमान अपहरणपछिको अभ्यास

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काल्पनिक विमान अपहरणपछिको अभ्यास

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काल्पनिक विमान अपहरणको अभ्यास गरिएको छ । विमानस्थल नजिकै रहेको नेपाल वायुसेवा निगम र नेपाली सेनाको ह्याङ्गरमा उक्त अभ्यास गरिएको हो ।

अभ्यास सेनाको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हवाई सुरक्षा महानिर्देशनालयको आयोजनामा भएको हो । विमानस्थलको हवाई सुरक्षा योजनाअन्तर्गत ‘अनलफुल सिजर अफ एअरक्राफ्ट अलर्ट ४, एण्टी एअरक्राफ्ट हाइज्याकिङ’ सम्बन्धि अभ्यास गरिएको बताइएको छ ।

कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह,  सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालका साथै गृह, रक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको उपस्थिति थियो ।

त्यसैगरी काठमाडौका प्रमुख जिल्ला अधिकारी, विमानस्थल कार्यालयका कार्यवाहक महाप्रबन्धक सिटौला, सेनाको हवाई सुरक्षा निर्देशक बच्चुराम श्रेष्ठ, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, विभिन्न हवाई सेवा प्रदायक कम्पनीका प्रतिनिधि, नागरिक उड्डयन प्राधिकरणका कर्मचारी, स्वास्थ मन्त्रालयका कर्मचारी, जुद्ध वारुणयन्त्रका कर्मचारीलगायतको उपस्थितिमा उक्त अभ्यास गरिरएको हो ।

अभ्यासमा विमान अपहरण हुँदा अपनाउनुपर्ने सावधानी, आवश्यक समन्वय र आवश्यकताअनुसारको बल प्रयोग, अपहरणमा परेको विमानका घाइते र बिरामीयात्रुको वर्गीकरण तथा उपचारको विधि र पद्धतिको बारेमा अवगत गराइएको छ ।

टिप्पणीहरू