नेकपामा झन् नमज्जा

नेकपामा झन् नमज्जा

आफ्नोतर्फबाट पार्टी बिभाजनलाई बल पुर्याएको आक्षेप नलाग्नेगरी वीचको उपयुक्त निकास निकाल्न नेकपाका दुबै पक्षको सक्रियता बढेको छ !

तर,खुमल्टार र बालुवाटारमा आ-आफ्नै कित्ता निरन्तर भेला भए पनि दुई अध्यक्षको तहमा भने सहमति जुट्न सकेको छैन । आज बालुवाटारबाट निम्तो आएर जान ठिक्क पर्दा घाँटी दुखेको अर्को खबरले बाटो छेकियो सोही खबरको सिलसिलामा फोनमार्फत राखिएको बैठक पुनः स्थगित गर्ने प्रस्ताव पनि कार्यान्वयनमा जान सकेन ।

महासचिव बिष्णु पौडेलसहितको मेहनतले आज रातारात या भोलि बिहानसम्म कुनै चमत्कार भएन भने स्थगित स्थायी समिति बैठक बसेर अध्यक्ष तथा प्रधानमन्त्रीलाई एउटा पद रोजी पार्टी बिधि-अनुशासनको सम्मान गर्न निर्देशन दिने र केन्द्रीय कमिटी बैठकको तिथि तोक्ने प्रचण्ड-नेपाल खेमाको तयारी छ भने अर्को पक्ष भोलिको बैठकमा सहभागी नहुने सम्भावना पनि उत्तिकै देखिन्छ ।

बैठकअघि भोलि दुई अध्यक्ष भेट्ने तय भएको छ । त्यहाँ यदि नयाँ र अझ आकर्षक प्रस्ताव आएर अध्यक्ष प्रचण्ड फेरि पग्लिनुभयो भने के गर्ने भन्ने माधव-खनाल पक्षलाई चिन्ता छ ।

यसवीच एक्लाएक्लै र समूहगत रूपमा दुबै तर्फबाट यथासम्भव सबै स्थायी समिति सदस्य, मन्त्री, मुख्यमन्त्री, साँसदहरुसङ्ग छलफल चलिसकेको छ ।

प्रधानमन्त्रीले कुनै पनि पद नछाड्ने बरु परिस्थितिको सामना गर्ने अडान प्रकट गरिसक्नुभएको छ भने अर्को पक्षले अब डेडलकको स्थिति लम्ब्याइरहेर फाइदा नहुने निश्कर्ष निकालेको बताइन्छ ।

टिप्पणीहरू