सभामुख र पर्यटनमन्त्री दुबै पूर्वतिर
सभामुख देवराज घिमिरे र पर्यटनमन्त्री सुदन किराती आज क्रमशः भद्रपुर र बिराटनगर जानुभएको छ । उहाँहरु बिहान काठमाडौंबाट त्यसतर्फ प्रस्थान गर्नुभएको बताइएको छ । सभामुख घिमिरे बुद्ध एयरको उडान नम्बर बीएचए ९५१ मा बिहान साढे ८ बजे गृह जिल्ला झापाको भद्रपुर जानुभएको हो ।
त्यसैगरी पर्यटनमन्त्री सुदन किराती बिहान पौने १० बजे बिराटनगर प्रस्थान गर्नुभएको हो । उहाँ बुद्ध एयरको उडान नम्बर बीएचए ७०१ मा त्यसतर्फ जानुभएको हो ।
टिप्पणीहरू