आमाको उपचारमा हिँडेका छोरा र आमा दुबै दुर्घटनामा

आमाको उपचारमा हिँडेका छोरा र आमा दुबै दुर्घटनामा

काभ्रेपलाञ्चोकमा भएको मोटरसाइकल दुर्घटनामा आमालाई उपचारको निम्ति अस्पताल लैजाँदा गरेका छोरा र आमा दुबै जना गम्भीर घाइते भएका छन् । दोलालघाट नजिकैको ५२ किलोमा एम्बुलेन्सले मोटसाइकललाई ठक्कर दिँदा आमा र छोरा घाइते भएका हुन् ।

दुर्घटनामा दोलखाको कालिञ्चोक गाउँपालिका ९, सुन्द्रावतीका ३६ वर्षी धनवीर थामी र उनकी ७५ वर्षीया आमा पूर्णमाया थामी गम्भीर घाइते भएका छन् । उनीहरु सवार मोटरसाइकललाई रामेछापको दोरम्बा गाउँपालिकाको बा.२ झ ४२७५ नम्बरको एम्बुलेन्सले हिजो ठक्कर दिएको थियो ।

काठमाडौंबाट रामेछाप फर्कंदै गरेको एम्बुलेन्सुले दोलखाबाट धुलिखेलतर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको दिएको थियो । आमाको उपचारमा हिँडेका थामी आमासहित सडकमा बजारिएका थिए । सडकमा रक्ताम्य अवस्थामा ढलेका उनीहरुलाई प्रहरी र स्थानीयले उद्धारपछि धुलिखेल अस्पतालमा पुर्याएको बताइन्छ । धनवीरको गोडामा गम्भीर चोट लागेको छ भने उनकी आमाको दुवै हात भाँच्चिएको छ ।
 

टिप्पणीहरू