अँगेनो छेउमा सुतेका वृद्धको ज्यान गयो

अँगेनो छेउमा सुतेका वृद्धको ज्यान गयो

दोलखामा एक वृद्धको आगोमा परेर ज्यान गएको छ । कालिञ्चोक गाउँपालिका २, डकाका ८७ वर्षीय महवीर थामीको अँगेनो नजिकै सुतेको अवस्थामा मृत्यु भएको बताइएको छ ।

गएराति खाना खाएर आफ्नै घरको अँगेनो नजिकै सुतेका उनी आगोमा परेर ज्यान गएको अवस्थामा फेला परेका हुन् । ‘अँगेनाको छेउमा सुतेका उनको त्यहिँको आगो सल्किएर ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ दोलखाको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए । 

उनी घरमा एक्लै बस्दै आएका थिए । आज बिहान ४ बजे उनको घरमा लागलागी भएको स्थानीयले थाहा पाएका थिए । आगलागीबाट वृद्धको शरीरको अधिकांश भाग जलेको पाइएको छ ।
 

टिप्पणीहरू