मतदान शुरु भएको एक घण्टापछि रवि लामिछानेको बैठक

मतदान शुरु भएको एक घण्टापछि रवि लामिछानेको बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति निर्वाचनमा मतदान गर्नेबारे निर्णय गर्न बिहान ११ बजे बैठक बोलाएको छ । तर, राष्ट्रपतिको निर्वाचनमा मतदान कार्य बिहान १० बजेदेखि शुरु भइसकेको छ । 

सोही निर्वाचनमा गरिने मतदानबारे निर्णय गर्न रवि लामिछाने सभापति रहेको स्वतन्त्र पार्टीले एक घण्टापछि संसदीय दलको बैठक बोलाएको छ । बैठकले उम्मेदवारहरु रामचन्द्र पौडेल वा सुवासचन्द्र नेम्वाङमध्ये कसलाई मतदान गर्ने वा राप्रपाजस्तै तटस्थ बस्ने भन्ने निर्णय गर्ने बताइएको छ ।

प्रतिनिधि सभामा उक्त पार्टीका १९ सांसद् छन् । राप्रपाले भने मतदानमा सहभागी नहुने निर्णय हिजै गरिसकेको छ । रास्वपाले मतदान गर्ने जनाएको छ । मतदान समय बिहान १० देखि दिउँसो ३ बजेसम्म निर्धारण गरिएको छ ।
 

टिप्पणीहरू