चिनियाँ बाँदरको क्यामरामा ‘सेल्फी’

भिडियाे स्राेत : सिन्ह्वा

मानिसले मोबाइल क्यामरा वा व्यावासायिक क्यामरामा सेल्फी लिएको हामीले देखेका छौं । पछिल्ला दिनमा मानिसले मोबाइल र सेल्फीलाई जीवनकै एउटा नियमित कार्यसँग जोड्न थालेका छन् ।

तर, चीनमा भने बाँदरले सेल्फी फोटो खिचेको पाइएको छ । तर त्यस्तो सेल्फी बाँदरले हातमा मोबाइल वा क्यामरा लिएर खिचेको भने होइन । 

चीनको स्वायत्त प्रदेश तिब्बतको एउटा राष्ट्रिय निकुञ्जमा राखिएको इन्फ्रारेड क्यामराको अगाडि उभिएर बाँदरहरुले सेल्फी खिचेका हुन् । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार जंगली जनावरको गतिबिधि अवलोकनको निम्ति राखिएका त्यस्ता आधुनिक क्यामरामा बाँदरले फोटो खिचेका हुन् ।

स्थानीय चोमोलोङ्मा नेसनल नेचर रिजर्भमा बाँदरले क्यामरा अगाडि उभिएर देखाएको हाउभाउलाई सेल्फी भनिएको हो । चोमोलोङ्मा तिब्बती भाषामा सगरमाथा हो । सगरमाथाको उत्तरतर्फको भूभागमा चीनले राष्ट्रिय प्रकृति संरक्षण स्थापना गरेको छ । त्यहाँ बाँदरलगायत धेरैथरी जंगली जनावर पाइन्छ ।

टिप्पणीहरू