प्रधानमन्त्रीलाई पीडा सुनाउन पैदलयात्रामा रहेका मीटरब्याज पीडित बाटोमै बेहोश

प्रधानमन्त्रीलाई पीडा सुनाउन बर्दिवासबाट काठमाडौँको पैदलयात्रामा निस्केका मधेश प्रदेशका मीटरब्याज पीडित एक महिला बाटोमै बेहोश भएकी छन् । 

बर्दिबासबाट पैदलयात्रा गर्दै काठमाडौँ आउने क्रममा सिरहा सुखीपुरकी एक महिला हिजो मकवानपुरको कुलेखानीमा आइपुगेपछि बेहोश भएकी हुन् । मीटरब्याजविरुद्ध संघर्ष समितिका अध्यक्ष मनोजकुमार पासवानले बेहोश भएकी उनलाई नजिकैको स्वास्थ्य चौकीमा लगिएको बताए । 

उनका अनुसार उनी उच्च रक्तचापका कारण बेहोश भएकी थिइन् । तर, हाल उनको स्वास्थ्यमा सुधार आइसकेको पासवानले बताए । ‘पैदल यात्रा गरेको आज ११ औँ दिन हो,’ उनले भने, ‘लगातार हिँडिरहेको कारण प्रेसर निकै कम भएपछि उनी बेहोश भएकी हुन् ।’ 

लगातार हिँडिरहेका कारण अरुको पनि स्वास्थ्य अवस्थामा समस्या देखिएको अध्यक्ष पासवानले बताए ।

टिप्पणीहरू