भट्टाको पर्खाल भत्किँदा भारतीय नागरिकको निधन

भट्टाको पर्खाल भत्किँदा भारतीय नागरिकको निधन

सप्तरीको रुपनी गाउँपालिकामा इट्टाभट्टाको पर्खाल भत्किएर एक भारतीयको ज्यान गएको छ । रुपनी गाउँपालिका–२ पिपराहिस्थित जेएसआर इट्टाभट्टा उद्योगको पर्खाल भत्किएर लाग्दा भारतको विहार ग्राम पंचायत अठरजनि बस्ने ४५ वर्षीय अलिम अजिमको मृत्यु भएको हो । 

आज बिहान पौने ६ बजे उद्योगमा काम गर्ने मानिसहरुले इट्टा निकाल्ने क्रममा पर्खाल भत्किएपछि उनी गम्भिर घाइते भएका थिए । तत्कालै उपचारका लागि सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार अजिम उक्त भट्टामा काम गर्ने मजदुर हुन् । उनीसहित अरु दुई जना घाइते भएका छन् । घाइतेको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू