राजा नपुग्दै सन् १९४९ को सन्धिको गुणगान

राजा नपुग्दै सन् १९४९ को सन्धिको गुणगान

भुटानका राजा जिग्मे खेसार नाम्गेल वाङचुक भारतको तीन दिने भ्रमणमा भोलि नयाँ दिल्ली जाँदैछन् । भारतीय विदेश मन्त्रालयले समाचार  पुष्टि गर्दै राजाको नयाँ दिल्ली आगमनले दुई मुलुकबीच कायम रहेको परम्परागत मैत्री र उच्चस्तरीय भ्रमणलाई थप उचाई दिने उल्लेख गरेको छ ।

राष्ट्रपति द्रौपदी मुर्मुको निम्तोमा जान लागेका राजाले प्रधानमन्त्री नरेन्द्र मोदी,विदेशमन्त्री एस जयशंकरसहित वरिष्ठ अधिकारीहरुसँग भेटवार्ता गर्ने जनाइएको छ । राजाको टोलीमा विदेशमन्त्री टेण्डी दोर्जी पनि रहनेछन् ।

राजाले गर्ने भ्रमणको पूर्वसन्ध्यामा भारतीय विदेश मन्त्रालयले सन् १९४९ को मैत्री सन्धिको चर्चा गरेको छ । इण्डिया न्युज नेटवर्कका अनुसार भुटानको विकासमा उक्त सन्धिको महत्वपूर्ण योगदान रहेको स्मरण गराइएको छ । सन्धिले भुटानको स्वतन्त्रता र सार्वभौमसत्ताको ग्यारेन्टी गरेको भारतीय पक्षको भनाइ छ । भनिएको छ, ‘उक्त सन्धिले भुटानको सीमाना र अन्य चाहनालाई जोगाइदिएको छ ।’

भुटानको जलविद्युत विकासप्रति भारतले निकै चासो दिएको सन्दर्भ पनि राजाको भ्रमणअघि जोडिएको छ । राजा यसअघि सन् २०१९ को अगष्टमा भारत गएका थिए ।

टिप्पणीहरू