यौटा अस्पताल जो कतै दर्तै छैन !
दश वर्षअघि काठमाडौंको धापासीमा डा.चक्रराज पाण्डे, इञ्जिनियर दिपक कुँवर, डा. रूप ज्योती र डा. उपेन्द्र महतो मिलेर ग्राण्डी इण्टरनेशनल हस्पिटल खोले । शुरुमा नेपालको लागि नयाँ कन्सेप्ट भन्दै धापासीमा रहेको हस्पिटलको सम्पर्क स्थानको रूपमा सात वर्षअघि कान्तिपथस्थित ज्योति भवनमा ग्राण्डी सिटी क्लिनिक खोलियो ।
हस्पिटल स्थापनाताका महतोले दिएको ५७ करोड रूपैयाँ सापटीको निहुँमा उनी र अन्य साझेदारबीच झगडा नै पर्यो । महतोले आफूसँग लिइएको रकमको ब्याज र साँवा दुबै नतिरेको र सेयरसमेत नदिएको आरोप लगाए । पछि महतोलाई सेयर दिएपछि आधा अर्बको समस्या त्यसै सल्टिएको थियो ।
पछि फेरि ज्योतिसँग अरु साझेदारहरूको लफडा शुरु भयो । त्यसबीचमा उनले ग्राण्डी सिटी क्लिनिकलाई ग्राण्डी इन्टरनेशनल हस्पिटलको शाखाको रूपमा विस्तार गरिसकेका थिए । तर,धापासीको ग्राण्डीले आफ्नो शाखाको नाममा खोलिएको भनिएको ग्राण्डी सिटी हस्पिटललाई अनुमति नै दिएन । अनुमति नदिए पनि उक्त अस्पताललाई ज्योतिले थप विस्तार गर्दै लगेका थिए ।
मानव स्वास्थ्य र जीवनसँग जोडिएको अस्पताल नै स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा
विभाग र जिल्ला जनस्वास्थ्य कार्यालय, काठमाडौं कहिँपनि दर्ता भएको देखिँदैन ।
यतिखेर उक्त अस्पतालमा २४ बेडसहित आवश्यक सबै सेवा उपलब्ध रहेको बताइएको छ । तर, मानव स्वास्थ्य र जीवनसँग जोडिएको अस्पताल नै स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र जिल्ला जनस्वास्थ्य कार्यालय, काठमाडौं कहिँपनि दर्ता भएको देखिँदैन । यसबीचमा मन्त्रालय, विभाग र जनस्वास्थ्य कार्यालयले ग्राण्डी सिटी हस्पिटललाई आधिकारिकता र वैधानिकता पुष्टिको लागि पत्र काटेको बुझिएको छ ।
यसअघि दर्ता भएका कतिपय अस्पतालहरूमा समेत चिकित्सिक तथा स्वास्थ्यकर्मीहरूको दुरूपयोग भएका धेरैवटा घटना बाहिर आएका थिए ।
विशेषगरी पर्यटकहरूको उपचार गर्न ३८ वर्ष अघिदेखि सञ्चालनमा रहेको लैनचौरस्थित सिवेक (CIWEC) अस्पतालकी डा. प्रतिभा पाण्डेबिरुद्ध मुद्दा नै चलाइयो । तर, दर्ता नै नभएको ग्राण्डी सिटी अस्पतालले धक फुकाएर सेवा सञ्चालन गर्दा पनि सबै ‘तैँ चुप मैँ चुप’ को अवस्थामा बसेका छन् ।
अहिले ग्राण्डी सिटीमा आइसीयू, अपरेशन थियटर, एनआईसीयू लगायत विभिन्न रोगको उपचार गर्न १८ वटा विभाग छन् । तर, अस्पताललाई कहिँ कतै दर्ता नै गरिएको छैन । राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा अर्थ सहायक मन्त्री बनेका उद्योगपति डा. रूप ज्योती उक्त अस्पतालका अध्यक्ष हुन् । गत वर्ष घरजग्गा कारोबारसम्बन्धी विवादमा विकेन्द्रकृष्ण मल्लको उजुरीको आधारमा उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ परेर हिरासतमा राखेको थियो । एउटा प्रतिष्ठित व्यापारिक घरानाले राजधानीको मुटुमै गैरकानुनी ढंगले स्वास्थ्य संस्था सञ्चालन गरेको छ ।
विगतमा यो अस्पताल भाडाको कोखमा बच्चा उत्पादन गर्ने (सरोगेसी) थलोको रूपमा पनि ठूलै विवादमा आएको थियो । ग्राण्डी सिटी अस्पतालले प्रतिबन्धित सरोगेसीको धन्दा चलाएपछि त्यसका अध्यक्ष रूप ज्योती स्वयम् विवादमा तानिएका थिए ।
पर्यटकहरूको उपचार गर्न ३८ वर्ष अघिदेखि सञ्चालनमा रहेको लैनचौरस्थित सिवेक (CIWEC)
अस्पतालकी डा.प्रतिभा पाण्डेबिरुद्ध मुद्दा नै चलाइयो । तर, दर्ता नै नभएको ग्राण्डी सिटी अस्पतालले धक फुकाएर सेवा सञ्चालनगर्दा पनि सबै ‘तैँ चुप मैँ चुप’ को अवस्थामा बसेका छन् ।
स्रोतका अनुसार त्यतिबेला उक्त अस्पतालबाट सबैभन्दा धेरै इजरायल, अष्ट्रेलिया र अमेरिकाका दम्पतीले सरोगेसी पद्धतिबाट बच्चा जन्माएका थिए । सात वर्षअघि ४० हजार अमेरिकी डलर बराबरको शुल्क लिएर उक्त अस्पतालले सरोगेसीबाट धेरै बच्चा जन्माएको थियो । जबकि सरोगेसीको लागि सबैभन्दा सस्तो भनिएको कम्बोडियामा समेत ५० हजार अमेरिकी डलर लाग्थ्यो । सर्वोच्चले भाडाको कोख पैदा गर्ने थलो हैन यो भन्ने आदेश सुनाएसङ्गै अहिले नेपाललगायत विश्वका धेरैजसो देशमा सरोगेसीमाथि प्रतिबन्ध लगाइएको छ ।
टिप्पणीहरू