वायु प्रदुषणका कारण जनस्वास्थ्यपछि हवाई उडानमा समस्या
विश्वकै प्रदुषित शहरहरुको सूचीमा माथिल्लो स्थानमा रहेको काठमाडौंको आकाश अझै धुम्मिएको छ ।
राजधानी उपत्यका आसपासका वन र जिल्लामा डढेलो लाग्नुका साथै भारतको बिहार र उत्तर प्रदेशमा गहुँको छ्वाली बालेको धुँवा हावाले उडाएर यता ल्याउँदा त्यसको असर मुलुकका विभिन्न भागमा झैँ काठमाडौँको आकाशमा पनि देखिएको हो ।
यसबाट आकाश मात्र धुम्मिएको छैन, यहाँको वायुप्रदूषणसमेत बढाएको छ । वातावरण विभागका अनुसार साँझ ६ बजे काठमाडौंको हावाको गुणस्तर एक्यूआई १६० भन्दा माथि छ । जुन अस्वस्थकर मानिन्छ ।
स्वीट्जरल्याण्डस्थित हावाको गुणस्तर मापन गर्ने वेबसाइट आईक्यूएयरका अनुसार नेपाल अहिले पनि विश्वका प्रदूषित शहरको दोस्रो स्थानमा छ । वायु प्रदुषणले भिजिबिलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान तथा अवतरण प्रभावित हुने खतरा बढेको बताइएको छ ।
टिप्पणीहरू