सन्दीप लामिछानेको मुद्दा नारायण दाहालले हेर्ने, एक नम्बरमै पालो

सन्दीप लामिछानेको मुद्दा नारायण दाहालले हेर्ने, एक नम्बरमै पालो

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पेशी चढेको छ । 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा पहिलो नम्बरमै मुद्दाको पेशी तोकिएको हो । लामिछानेमाथि उमेर नपुगेकी किशोरी बलात्कार गरेको अभियोग छ । 

गत कात्तिक १४ गते उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा बलात्कारको मुद्दा दायर भएको थियो । यस मुद्दामा जिल्ला अदालतले लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाएको थियो । तर, पाटन उच्च अदालतले कडा सर्तसहित २० लाख रुपैयाँ धरौटीमा छाडेपछि लामिछाने अहिले क्रिकेटमा फर्किसकेका छन् । 

उच्चको आदेशविरुद्ध सरकारी वकिल पुनरावेदनका लागि सर्वोच्च गएपछि सर्वोच्चले जिल्ला अदालतलाई प्राथमिकतामा राखेर मुद्दा किनारा लगाउन भनेको छ ।  

गत २६ चैतमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासले पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई झिकाउन आदेश गरेको । साथै घटनासँग सम्बन्धित क्रिकेट खेलाडीको बकपत्र गराउन पनि अदालतले भनेको थियो ।

टिप्पणीहरू