सर्वोच्चको आँगनमा प्रदर्शनको तयारी

सर्वोच्चको आँगनमा प्रदर्शनको तयारी

तत्काल प्रधानन्यायाधीशको नियुक्ति र पूर्ण स्वःचालित पेसी व्यवस्थापनको माग गर्दै आज सर्वोच्च अदालतको परिसरमा प्रदर्शन गर्न लागिएको छ । नेपाल बार एसोसिएसनको आयोजनामा प्रदर्शन हुन लागेको हो । 

सर्वोच्चसँगै रहेको बार एसोसिएसनको प्राङ्गणमा दिउँसो साढे १ बजेदेखि साढे २ बजेसम्म नाराबाजी गर्न लागिएको बताइएको छ । बारले प्रधानन्यायाधीशको नियुक्ति अविलम्ब गर्न, पूर्ण स्वःचालित पेसी व्यवस्थापन प्रणाली लागू गर्न माग गर्दै आएको छ । 

न्यायपालिकामा रहेको विकृति, विसंगतिको अन्त्य गर्नुपर्ने माग पनि बारले अघि सारेको छ । आजको विरोध प्रदर्शनमा कानुन व्यवसायीहरुले प्लेकार्ड र ब्यानर बोक्ने छन् ।

टिप्पणीहरू